झापा,साउन १३ । भद्रपुरमा ग्यासबाट आगलागी हुँदा ७० हजार मुल्य बराबरको क्षति भएको छ ।

आज बिहान अन्दाजी ६ः४० बजेको समयमा भद्रपुर नगरपालिका– ९ स्थित पुहाँतुबारी निवासी तारा चौलागाईको २ तले पक्की घरको पहिलो तलाको किचन कोठामा ग्यासमा आगो बाल्ने क्रममा अचानक आगो लागेको थियो ।
आगलागीबाट किचन कोठाको भाडा बर्तन लगायत अन्य सामान जल्दा अन्दाजी ७० हजार बराबरको क्षति प्रहरीले जनाएको छ । आगो भद्रपुरको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । किचन कोठा बाहेक अन्य कोठा तथा मानवीय, चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।