झापा, साउन १४ । बैङ्किङ कसुर मुद्धामा बिर्तामोड –५ की ४७ वर्षीया एमु शंकर पक्राउ परेकी छन् ।

हिजो साँझ बिर्तामोडको शनिश्चरे रोडबाट उनलाई पक्राउ गरिएको हो । जिल्ला अदालत झापाको २०८१ भदौ २६ गतेको फैसलाले बैङ्किङ कसुर मुद्धामा उनलाई १ दिन कैद, रु. २८ लाख ३४ हजार जरिवाना तोकेको थियो । फरार प्रतिवादी शंकरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।