झापा, साउन १४ । सुमोको ठक्करबाट भद्रपुरमा एकजना पैदलयात्री घाइते भएका छन् ।

हिजो साँझ ५ः३० बजे भद्रपुर वडा न.९ दुर्जन टोलस्थित घोडामारा– धुलाबारी भित्री सडकखण्डमा घोडामाराबाट धुलाबारीतर्फ जाँदै गरेको को १ च ६३९३ न. को सुमोले पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय धनसिंह राजवंशीलाई ठक्कर दिएको हो ।

टाउको र दुबै हात खुट्टामा चोट लागेर घाइते भएका राजवंशीको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको छ । घटनास्थलमा प्रहरी चौकी घोडामाराबाट प्रहरी टोली खटिएर सुमो र सुमो चालक मोरङ रतुवामाई वडा न.२ बस्ने २९ वर्षीय सतिसकुमार अमात्यलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्