झापा, साउन १७ । स्कुटीको ठक्करबाट बिर्तामोड– ८ हर्चना बस्ने १७ वर्षीय सागर चौधरी गंभीर घाइते भएका छन् ।

गएराति ११.१५ बजे बिर्तामोड ८, प्याकुरेल टोलस्थित बिर्तामोड –भद्रपुर सडकखण्डमा तत्काल नम्बर नखुलेको हरियो रंगको स्कुटीले पैदलयात्री चौधरीलाई ठक्कर दिएको हो ।
अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको छ । बोल्न नसक्ने उनको अबस्था गम्भीर रहेको छ । ठक्कर दिने स्कुटीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।