झापा, साउन १७ । हातहतियार खरखजना मुद्धाका फरार प्रतिवादी झापा हल्दीवारी ५ बस्ने ३८ वर्षीय गुप्तबहादुर फागोलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिउँसो उनलाई घरबाटै पक्राउ गरिएको हो । झापा जिल्ला अदालतको २०८० चैत १९ गतेको फैसलाले हातहतियार खरखजना मुद्धामा उनलाई १ बर्ष कैद सजाय तोकेको थियो । तर, उनी फरार रहेका थिए । फागोलाई झापा जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको छ ।