कुमरखोद , साउन १७ । त्रिपुरारी समूहले झापा बाह्रदशीको एक विद्यालयमा वृक्षारोपण गरेको छ ।


बाह्रदशी गाउँपालिका वडा नं ३ मा रहेको पशुपति माध्यमिक विद्यालयमा त्रिपुरारी समूहले वृक्षारोपण गरेको हो । बुट्यान प्रजातिका जकाराण्डा , गुल्मोर , कल्कीलगायतका १२५ वटा बिरुवा रोपिएको त्रिपुरारी समूहका सदस्य अर्जुन भट्टराईले बताए ।

कार्यक्रममा समूहका ज्येष्ठ नागरिक नविन भट्टराईको अध्यक्षता तथा बाह्रदशी वडा नं ३ का वडा अध्यक्ष टंकप्रसाद शाहको प्रमुख आतिथ्यता रहेको थियो । वृक्षारोपण कार्यक्रममा वडाध्यक्ष शाह , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल राजवंशी , विद्यालयका प्रधानाध्यापक थिरकुमार दाहाल , बाह्रदशी सामुदायिक क्याम्पका प्रमुख भेषराज वुढाथोकी,उपप्रमुख तेजप्रकाश पौडेल , पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका सहसचिव भरत ढकाल , इलाका प्रहरी कार्यालय राजगढका प्रमुख सरोज रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्