झापा, साउन १७ । झापाको कमलमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् ।

आज बिहान अन्दाजी ९ः४० बजे कमल गाउँपालिका ५ आइतबारे चोकस्थित भित्री पक्की सडकखण्डमा चुलाचुलीबाट राजमार्गतर्फ आउँदै गरेको बाग्मती एएबी ०३२३ नम्बरको मोटरसाइकलले कमल ५ बस्ने तेजबहादुर श्रेष्ठकी छोरी ४ वर्षीया प्राप्ती श्रेष्ठलाई ठक्कर दिएको हो ।
बालिकाको टाउको र बायाँ खुट्टामा चोट लागेको छ । उनको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । मोटरसाइकल र मोटरसाइकल चालक इलाम चुलाचुली १ बस्ने ४२ वर्षीय लक्ष्मीप्रसाद ओझालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।