झापा, साउन १८ ।  झापाको अर्जुनधारामा  आगलागीबाट ग्वाली जलेर नष्ट भएको छ ।  

हिजो साँझ ६.५० बजे अर्जुनधारा –९ स्थित प्रणामी टोल बस्ने राम बस्नेतको जस्ता र काठले बनेको एक तले गाईगोठमा खोले पकाउने क्रममा अचानक आगो लागेको थियो । आगलागीबाट गाईगोठ पूर्णरुपमा जलेर नष्ट हुँदा करिब २ लाख बराबरको क्षति भएको छ ।

आगो बिर्तामोड नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा साँझ ७ः४५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्