झापा, साउन १८ । चारकोशे जङ्गलबाट निस्केको जंगली हात्तीले कचनकवलका पाँचवटा घर भत्काएको छ ।

शनिवार मध्यरातमा ४ वटाको संख्यामा आएका जंगली हात्तीले घर ,पसल भत्काएर , खाद्यान्न खाएर क्षति गरेका हुन् । हात्तीले कचनकवल–६ लालबाबु खत्री(कैलाश) को घर अगाडी राखेको घुम्तीको ढोका भत्काई घुम्तीमा राखेको एक बोरा मकै, चक्लेट खानुका साथ साथै सरसामान छरपस्ट पारेर क्षति पुर्याएको छ ।
त्यस्तै सोही ठाउँका लक्ष्मण टुडूको टाँटी बेरा भएको भान्सा घर ,नारायण बरालको गाईगोठ , राम दाहालको भान्सा घर र सन्जु दाहालको भान्सा घर भत्काएको हो । ती सबै जनाको करिव एक लाख बराबरको क्षति भएको जनाइएको छ ।