झापा, साउन १९ । गहना चोरीमा संलग्न दुईजना झापा गाउँपालिकामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा झापा गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षीय निर्मल बराईली र सोही ठाउँ बस्ने १९ वर्षकै दिपेश रसाईली रहेका छन् । साउन १४ गते दिउँसो अन्दाजी १ बजे झापा गाउँपालिका वडा नं. ३ वस्ने २० वर्षीय लरेश मुर्मुको घरबाट बिभिन्न किसिमका चाँदीका गरगहना चोरी भएको थियो ।

घटनापछि प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने मानिसको खोजतलास गर्ने क्रममा चोरीमा संलग्न बराईली र रसाईलीलाई हिजो पक्राउ गरेको हो । बराईलीको घरबाट चोरी गरेको चुरा (बाला)–१ जोर,चाँदीको कल्ली १ जोर,चाँदीको बिच्छी(सिक्री)–१ थान,पाउजु–१ थान,चाँदीको सिक्री–१थान,चाँदीको औठी–३ थान फेला परेको छ ।

उनीहरुलाई आज झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्