झापा, साउन २० । गाडीमा हालेर २१ वटा जंगली बँदेल लाँदै गर्दा उदयपुरमा दुईजना पक्राउ परेका छन् ।

हिजो दिउँसो २ बजे उदयपुर रौतामाई गाउँपालिका वडा नं.७ संगम चौकमा प्रहरी टोलीले मे १ च ६५८४ नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा गाडीमा २१ वटा जंगली बँदेल राखी अवैध रुपमा ओसारपोसार गरिरहेको फेला परेको थियो । गाडी चालक सप्तरी राजबिराज वडा नं. १६ बस्ने ५० वर्षीय बिनोद यादब र ती बँदेलको धनी बताउने गाडीमा सवार वडा नं . १५ बस्ने ३० वर्षीय सन्तोष मरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बँदेल, गाडी र ती दुवैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याइ आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।