झापा, साउन २० । विगत पाँच दिनदेखि हराइरहेका पाँचथर याङवरक गाउँपालिकाका दुई बालबालिका मृत फेला परेका छन् ।

याङवरक गाउँपालिकामा हराइरहेका २ जना बालबालिकाको शब आज बिहान स्थानीय बिरुवा खोलामा भेटिएको हो । स्थानीय पूर्ण आधारभूत विद्यालयको कक्षा ४ र १ मा अध्ययनरत १० वर्षीय शिशिर राई र ५ वर्षीया नानुमा राई २०८२ साउन १५ गते विहानबाट हराएका थिए ।याङबरक १ बस्ने बिर्खबहादुर राईका छोरा शिशिर र छोरी नुमा, बिरुवा खोलामा १५ मिटर तल माथि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्