झापा, साउन २१ । मोटरबाट सिंचाई गर्दा झापाको गौरादहमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

गएराति गौरादह नगरपालिका ४ जोरघरे बस्ने स्वर्गीय ललित नेम्वाङकी श्रीमती ५४ वर्षीया चन्द्रमाया नेम्वाङ आफ्नै घरदेखि १० मिटर पूर्वोत्तरमा रहेको खेतमा मोटरबाट सिँचाई गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । घटनास्थलमै मृत्यु भई लडिरहेको अवस्थामा उनका छोरा २५ वर्षीय सुशील नेम्वाङले देखेर शव घरमा ल्याई राखेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी अधिकृत टोली खटिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरबाट सिंचाई गर्दा यसअघि कचनकवलमा करेन्ट लागेर एकजनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्