झापा, साउन २१ । ताप्लेजुङको फुङलिङमा झगडा छुट्याउन जाँदा एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ ।

गएराति १०;४०बजे फुङलिङ नगरपालिका–२ हेलीप्याडमा तत्काल वतन नखुलेका २७ वर्षीय रितिक लिम्बू र बर्ष अन्दाजी २५ का आबिष्कार लिम्बूले अन्य मानिसहरुसंग झगडा गरिरहेको अवस्थामा मेरिङदेन गाउँपालिका–३ दोभान बस्ने ३२ वर्षीय नबिन शेर्पाले सम्झाउन खोज्दा रितिक लिम्बूले एक्कासि खुकुरी प्रहार गरेका थिए ।

ढाडमा चोट लागेर घाइते भएका शेर्पालाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगिएको छ । खुकुरी प्रहार गर्ने मानिसहरु फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्