झापा, साउन २१ । सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका वडा नं. ५ बस्ने ५३ वर्षीय लिला भन्ने लिलाधर राजवंशी जेल चलान भएका छन् ।

हिजो जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले राजवंशीलाई पक्राउ गरेको थियो । आज झापा जिल्ला अदालतमा उपस्थित गराइ उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापा जिल्ला अदालतको मिति २०८० असोज ७ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा राजवंशीलाई १ बर्ष ४ महिना १२ दिन कैद र ४५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । त्यसपछि राजवंशी फरार रहँदै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्