झापा, साउन २३ । झापाको बिर्तामोड १० स्थित सडक किनारामा एक पूर्व बसचालक मृत फेला परेका छन् ।

हिजो दिउँसो ४ बजेतिर बिर्तामोड –१० समावेशी टोलस्थित कच्ची सडकको किनारामा ४० वर्षीय नरप्रसाद अधिकारी मृत फेला परेका हुन् । पाँचथर हिलेहाङ गाउँपालिका –५ घर भएका अधिकारी बिगत २÷३ बर्ष अगाडी कंचनजंघा बोर्डिङ स्कुलको बस चालक रहेका थिए । तर हाल कुनै कामकाज नगरी उनी मादक पदार्थ सेवन गरी हिडडुल गर्ने गरेको बताइएको छ ।

मृतकको आफन्तको खोजी भइरहेको र सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्