झापा, साउन २३ । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ ।

संघीय अस्पतालको सेवा डिजिटल बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको योजनाअनुसार मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत् गर्न निर्देशन दिएको हो ।
मन्त्री पौडेलले अस्पतालमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका हुन् ।
मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन निर्देशन दिएका थिए।
यस अन्तरगत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन गर्ने तयारी गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालले डिजिटल भुक्तानी गरे नगरेको अनुगमनमा कडाइका साथ गर्ने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्