झापा, साउन २४ । अर्काको घरमा पसेर जबरजस्ती करणी गर्न खोज्ने इलामका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माई नगरपालिका ८ बस्ने ४८ वर्षीय नरेशकुमार ताम्लिङ लिम्बू रहेका छन् । लिम्बूले सोही ठाउँ बस्ने सांकेतिक नाम “इलाम–ङ–१(०८२÷०८३)” की श्रीमती बर्ष ५१ की सांकेतिक नाम “इलाम–ङ (०८२÷०८३)” लाई उनकै घरमा आई जबरजस्ती करणी गर्न खोजेका थिए । उनकै श्रीमानले देख्नसाथ लिम्बू फरार भएका थिए ।

स्थानीयहरुले खोजतलास गरी आज विहान ३ बजे सोही स्थानको एक गोठमा लुकिरहेको अवस्थामा फेला पारेका हुन् । प्रहरी चौकी महमाईमा जानकारी गराउनसाथ प्रहरी खटिएर उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इलाम पठाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्