झापा, साउन २५ । सर्पले टोकेर झापा गौरादहका एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका वडा न.४ जोरघरे बस्ने ६३ वर्षीय रणबहादुर तामाङ रहेका छन् । हिजो बिहान १० बजे आफ्नै घरको भान्सा कोठाको सामान सार्ने क्रममा उनलाई सर्पले टोकेको थियो ।
नेपाल रेडक्रस सोसाइटी दमकको सर्पदंश उपचार केन्द्रमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याई डाक्टरले चेकजाँच गर्दा राति ८ः३० बजे उनको मृत्यु भइसकेको थियो ।
घटनाबारे अनुसन्धान गर्न प्रहरी चौकी महारानीझोडाबाट टोली गएको र मृतकको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।



