झापा, साउन २५ । झापाको मेचीनगरमा रहेको पालिया खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ ।

आज बिहान ९;३० बजे मेचीनगर– ७ सिद्धार्थ टोलस्थित पालिया खोलामा नाम थर,वतन नखुलेको करिब ५५ बर्षकी महिला घोप्टो परि मृत अवस्थामा फेला परेकी हुन् । स्थानीयले जानकारी गराएपछि प्रहरी चौकी सतिघट्टाबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । करिव पाँच–सात दिनअघि उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट टोली गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले बताए ।