झापा, साउन २५ । जंगली च्याउ खाएर कन्काईका तीन महिला बिरामी भएका छन् ।

जंगली च्याउ खाएर कन्काई नगरपालिका वडा न.५ बस्ने ५७ वर्षीया हरिमाया बि.क, सोही ठाउँ बस्ने २५ वर्षीया रविना बि.क. र १६ वर्षीया धनमाया बि.क. बिरामी भएका हुन् । गएराति विरामी भएका उनीहरुलाई उपचारका लागि बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको अबस्था मध्यम रहेको छ ।

घटनाबारे बिहान ११ बजे इलाका प्रहरी कार्यालय सुरुङगामा जानकारी गराएपछि प्रहरी नायव निरीक्षक सुबास ढुंगानाको कमाण्डमा टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्