झापा,साउन २५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी विराटनगर–१४ निवासी ललित राजवंशीलाई मातृशोक परेको छ ।


ललितकी आमा शुभकुमारी देवी राजवंशीको आइतबार विहान निधन भएको हो ।
काठमाडौंमा रहेका ललित आमाको निधनको खबरपछि विराटनगर आइपुगेका छन् ।
मृतक शुभकुमारी देवीको अन्तिम संस्कार सिंघीया खोलामा धार्मिक परम्परा अनुसार आइतबार गरिंदैछ ।
मृतक शुभकुमारीका श्रीमान् जयनारायण राजवंशी, जेठो छोरा युगलकिशोर राजवंशी, माइला छोरा रामकिशोर राजवंशी, कान्छा ललित नारायण राजवंशी र एक छोरी सुमन राजवंशी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्