झापा, साउन २५ । इलामका एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ ।

इलाम नगरपालिका ३ डाँडागाउँ बस्ने ५५ वर्षीय गोबरधन गुरुङ आफ्नै घरभित्र मृत अबस्थामा फेला परेका हुन् । मृतकको टाउकोमा बाहिरी चोट देखिएको छ । गुरुङ आफ्नै टिनको बेरा ,टिनको छानो भएको एकतले घरभित्र मृत अबस्थामा रहेको उनकी श्रीमती तिलरुपा गुरुङले देखेर स्थानीयलाई जानकारी गराएकी थिइन् । स्थानीयले बिहान ११.४० बजे टेलिफोनमार्फत अस्थायी प्रहरी बिट पुवामझुवामा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो ।

इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी खटिएर कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल इलाम पठाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्