झापा, साउन २६ । झापाको दमकमा खोले पकाउने क्रममा तातो खोले शरीरमा पोखिएर एकजना घाइते भएका छन् ।

गएराति ९ बजे दमक ४ बस्ने २५ वर्षीय दिपक कार्की डोलीले आफ्नै घरमा गाईको खोले पकाउने क्रममा उक्त तातो खोले उनको शरीरमा पोखिएको थियो । दुबै खुट्टा, बाँया हात, छाती र पेटमा पोलेर घाइते भएका कार्कीलाई उपचारको लागि आम्दा अस्पतालमा लगिएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।