झापा, साउन २६ । इलामको पशुपतिनगर नाकाबाट भित्रिएको १५कार्टुन सिक्किमे रक्सी झापाको बुद्धशान्तिमा बरामद गरिएको छ ।

तीन दिनअघि बुद्धशान्ति ४ बर्नेस्थित मेची राजमार्गमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले इलामबाट झापातर्फ आउँदै गरेका बिभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अबैध रुपमा ल्याउँदै गरेको सिक्किम गोल्ड मेलोन ब्राण्डी नामक अबैध रक्सी १८० पिस (१५कार्टुन) बरामद भएको थियो ।
अन्दाजी ६१ हजार ६३२ रुपैयाँ बराबरको सो रक्सी आवश्यक कारवाहीको लागि हिजो आन्तरिक राजश्व कार्यालय भद्रपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।