झापा , साउन २६ । झापाको अर्जुनधारामा अटोको ठक्करबाट एक बालक गंभीर घाइते भएका छन् ।

आज दिउँसो १;१५ बजे अर्जुनधारा नगरपालिका वडा न. ४ जरुवाटोलस्थित भित्री सडकखण्डमा जयपुरबाट शनिश्चरेतर्फ आउँदै गरेको मे१ह ५८३९ न.को अटोले बाटोमा खेल्दै गरेका जरुवाटोल बस्ने विमल राजवंशीका छोरा ४ वर्षीय छबिलाल राजवंशीलाई ठक्कर दिएको हो । टाउको र दाहिने कुममा चोट लागेका बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । उनको अबस्था गम्भीर रहेको छ ।
अटो र अटो चालक बुद्धशान्ति २ जयपुर बस्ने २४ वर्षीय सरोज घतानीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।