झापा, साउन २६ । कचनकवल गाउँपालिकाले वैज्ञानिक तथा समाजसेवी डा. महावीर पुनको अभियानमा साथ दिँदै ५० हजार रुपैयाँको पुस्तक खरिद गरेको छ।

नेपालकै होचो भू–भागमा अवस्थित कचनकवल गाउँपालिकामा सोमबार आयोजित विशेष कार्यक्रममा पालिकाले डा. पुनलाई स्वागत तथा सम्मान गरेको थियो । सो अवसरमा पालिकाबाट ६६ थान पुस्तक खरिद गरी उनको अभियानलाई सहयोग गरिएको हो।
गाउँपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पूर्व सांसद बसन्त बानिया, गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई ,अन्य जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र स्थानीयवासीको उपस्थिति रहेको थियो । कार्यक्रममा डा. पुनले देशभर चलाउँदै आएको शैक्षिक तथा प्रविधि अभियानको प्रशंसा गरियो।
डा. पुनले कचनकवल गाउँपालिकाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै शिक्षा र अनुसन्धानको विकासका लागि पुस्तकजस्ता स्रोतमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।