झापा, साउन २७ । राष्ट्रिय युवा संघ बिर्तामोड नगर कमिटीको अध्यक्ष पदका लागि तीनजनाले दावी गरेका छन् ।

हिजो नेकपा एमाले जिल्ला पार्टी कार्यालय झापाको सभाहलमा शुरु भएको दोस्रो नगर अधिवेशनमा अध्यक्ष पदका लागि दिनेश अधिकारी , प्रविण सादेम्बा र टीका हस्दाले दावी गरेका हुन् । अधिवेशनको बन्दसत्रले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

राष्ट्रिय युवा संघ बिर्तामोड नगर कमिटीको आयोजनामा संघका बिर्तामोड नगर इन्चार्ज रोहित ओलीको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङदम्वेको प्रमुख आतिथ्यतामा हिजो उद्घाटन सत्र भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्