झापा,साउन २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनका लागि दिइँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ ।


विमानस्थलले एक सार्वजनिक सूचना जारी गर्दै आजै देखि यो नियम लागू हुने जानकारी दिएको हो ।
सूचनाअनुसार, अबदेखि व्यक्तिगत सहायता आवश्यक पर्ने यात्रुहरू जस्तै– वृद्ध–वृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति, गर्भवती महिला तथा नाबालकहरूलाई सम्बन्धित वायुसेवा कम्पनी (एयरलाइन्स) ले नै आवश्यक सहयोग उपलब्ध गराउनेछ । यी यात्रुहरूका लागि सहायता कक्ष र ह्वीलचेयर लगायतका विशेष सहयोगको प्रबन्ध पनि एयरलाइन्सबाटै हुनेछ ।
विमानस्थलमा अनावश्यक भीड कम गर्न र यात्रुलाई आवश्यक सहजीकरण वायुसेवाले नै गर्ने भएकाले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समिति’ को निर्णयअनुसार भिजिटर पास वितरण बन्द गरिएको जनाएको छ ।
यो निर्णयसँगै अबदेखि यात्रुका आफन्त तथा अन्य व्यक्तिहरू पास लिएर टर्मिनल भवनभित्र प्रवेश गर्न पाउने छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्