झापा, साउन २७ । कोचिला डटकमका सम्पादक आत्माराम राजवंशी फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् ।

३१ हजार रुपैयाँ राशिसहितको सो सम्मान आज राजधानीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवसमा सम्पादक राजवंशीलाई संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदान गरेका हुन् । राजवंशी भाषाको त्रैमासिक पत्रिका कोचिला सामाद प्रकाशन गरेवापत उनलाई फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान प्रदान गरिएको हो ।

सोही कार्यक्रममा मोक्ष गुरुङलाई फोनिज राष्ट्रिय पत्रकारिता प्रवास सम्मान (प्रवास),गजुरधन राईलाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान (टेलिभिजन),अमरध्वज लामालाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान (रेडियो) ,सविन प्रियाशनलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (छापा) ,मुनेश लायो मगरलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (अनलाइन) र बन्दना दनुवारलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (रेडियो) प्रदान गरिएको थियो । फोनिजले हरेक वर्ष फोनिज अवार्ड वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्