झापा, साउन २७ । झापाको दमकमा दुई पक्षबीचको झगडामा खुकुरी र इटा प्रहार हुँदा दुईजना घाइते भएका छन् ।

आज दिउँसो ३.३० बजे दमक –८ आइतबारे स्कुल छेउ बस्ने २८ वर्षीय अमित साम्पाङ राई, सोही ठाउँ बस्ने १८ वर्षीय अभिशेक तामाङ (एक पक्ष) र सोही ठाउँका २० वर्षीय सादिक खान,१६ वर्षीय सलिम खान (अर्को पक्ष) बिच सामान्य बिषयमा झगडा भएको थियो ।

त्यसक्रममा अमित साम्पाङ राईले खुकुरी प्रहार गर्दा सलिम खानको टाउको र दुवै हातमा चोट लागेको छ भने सलिम खानले ढुङ्गा तथा इटाले प्रहार गर्दा अमित साम्पाङ राईको टाउकोमा चोट लागेको छ । दुवै घाइतेलाई दमक अस्पताल एण्ड रिसर्च सेन्टरमा लगि उपचार भइरहेको छ ।

झगडामा संलग्न अभिशेक तामाङ र सादिक खानलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्