झापा, साउन २८ । वीरता लेडी जेसीजले महिला चिया श्रमिकसंग आत्मीयता साट्दै हिजो तीज पर्व मनाएको छ ।

नेपालको पहिलो निजी चिया बगान भद्रपुरस्थित बुधकरण टी इस्टेटका महिला श्रमिकहरुसंग रमाइलो, माया र आत्मीयता साटासाट गर्दै तीज पर्व मनाएको वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यले बताइन् ।कार्यक्रममा महिला श्रमिकहरुलाई तीजको उपहारस्वरूप सारी तथा चुरा पोते वितरण गरिनुका साथै दर खुवाइएको थियो । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा विश्वव्यापी दिगो विकास लक्ष्यहरूलाई स्थानीय आवश्यकतासँग जोड्ने उद्देश्यका साथ तीज मिलन कार्यक्रमलाई अलिक फरक तरिकाले मनाइएको उनको भनाई छ ।

बुधकरण टी इस्टेटका राजेन्द्र सिंह राजवंशीको प्रमुख आतिथ्य तथा वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्धेश्यमाथि निवर्तमान अध्यक्ष मेनुका ओलीले प्रकाश पारेकी थिइन् । कार्यक्रममा अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सिता सापकोटा , अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष भुपाल सापकोटा , वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवका अध्यक्ष मन्जु पोख्रेल सिटौला ,संस्थापक अध्यक्ष शारदा ढकाल रिजाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष मुना ढुंगेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा कानुनी सल्लाहकार अस्मिता राई कुरुम्बाङले आस्था वाचन र जनसम्पर्क अधिकारी पारु श्रेष्ठले मिसन भिजन वाचन गरेका थिए । कार्यक्रमको संचालन महासचिव प्रभा रायले गरेकी थिइन् ।

कार्यक्रममा पूर्व अध्यक्षहरु संगिता गिरी, संगिता चिमरिया ,सरु भुर्तेल खनाल ,मानार्थ सदस्य अनिता पुरी , आजीवन सदस्य शिला ढकाल ,कार्यसमिति तथा सदस्यहरुको उपस्थिति रहेको थियो । महिला चिया श्रमिकहरुलाई वितरण गरेको सारी पुजा कलेक्सन र चुरा पोते अप्सरा चुरा पसलले सौजन्य गरेका थिए । वीरता लेडी जेसीजले पुजा कलेक्सनका प्रोप्राइटर नविन अग्रवाल तथा श्रीमती पुजा अग्रवाल, साथै अप्सरा चुरा पसलका प्रोप्राइटर सुरज शाह तथा श्रीमती अन्जली शाहलाई विशेष धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्