झापा, साउन २८ । इलाममा वर्षाका कारण घर भत्किँदा आमाछोरी घाइते भएका छन् ।

आज बिहान ७.३० बजे इलाम नगरपालिका –९ गोलबस्ती बस्ने राकेश थापा मगरको टिनको छानो र इटा, माटोले बनेको दुईतले घर जीर्ण भई वर्षाको कारण भत्किएको हो । घरको दक्षिणतर्फको आधा भाग भत्किँदा सूर्योदय नगरपालिका –५ समालबुङ घर भई सोही घरमा डेरा गरी बस्ने सुकबिर लिम्बूकी श्रीमती ३५ वर्षीया भावना सुब्बा र उनकी छोरी १४ वर्षीया अनुस्का सुब्बा घाइते भएका छन् ।

जिल्ला अस्पताल इलाममा उपचारपश्चात् दुवै जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ । उद्धारको लागि सशस्त्र बेश क्याम्प श्रीअन्तु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्