झापा, साउन २८ । सुनसरीको दुहबीमा नयाँ घरको सेफ्टी ट्यांकीभित्र दुईजना मृत फेला परेका छन् ।

आज बिहान १० बजे दुहबी नगरपालिका वडा न. ४ शिव मन्दिर चौक बस्ने चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको सेफ्टी ट्यांकीभित्र वडा नं. २ बस्ने बर्ष अन्दाजी ५० का श्यामबहादुर तामाङ (उक्त घर बनाउने पेटी ठेकेदार) र सोही ठाउँ बस्ने बर्ष अन्दाजी ३२ का रमेश राई (कामदार) मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटिएर प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रकृया भैरहेको जनाइएको छ ।