झापा,साउन २८ । मोरङको विराटनगर–३ मा रहेको बालसुधार गृहमा प्रहरी र त्यहाँ राखिएका बालबिज्याइँकर्ताबिच झडप हुँदा १ जना वरिष्ठ प्रहरी हवलदार घाइते भएका छन् ।


घाइते हुनेमा हिरणकुमार मण्डल रहेका छन् । मोरङका प्रहरी प्रमुख नारायण चिमरियाका अनुसार अहिले झडप नियन्त्रणमा आइसकेको छ ।
बुधबार सुधार गृहबाट बालबिज्याइँकर्ता भाग्न खोजेपछि रोक्ने क्रममा झडप भएको चिमरियाले बताए ।
‘घटनालाई अहिले नियन्त्रणमा लिइएको छ’, एसपी चिमयरीले भने, ‘अहिले सुधार गृहमा रहेका बालकहरूलाई भित्र राख्ने काम भइरहेको छ ।’
५० जना मात्र क्षमता भएको उक्त बाल सुधार गृहमा हाल २ सयभन्दा बढी बालकहरू रहेका छन्। अदालतबाट कसुरमा दोषी ठहर भएका १८ वर्ष मुनिका बालबालिकालाई सुधारका लागि यस्ता गृहमा राख्ने गरिन्छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्