झापा, साउन ३१ ।ओखलढुंगाको मोलुङ गाउँपालिका–४ माझखर्कमा आज साँझ परेको चट्याङका कारण एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

साँझ ५ः१० बजे पानीसंगै परेको चट्याङले लागेर घरमा बसिरहेको अबस्थामा ओखलढुङ्गा मोलुङ – ४ माझखर्क बस्ने ४० वर्षीय वीरबहादुर तामाङको घट्नास्थलमा नै मृत्यु भएको हो । चट्याङले लागेर अन्य ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा ओखलढुंगा मोलुङ ४ माझखर्क बस्ने ३३ वर्षीय विषण तामाङ , ४२ वर्षीया डोल्मा तामाङ,२२ वर्षीया मुना तामाङ,२७ वर्षीय सुजन तामाङ , ३२ वर्षीय प्रेमबहादुर तामाङ , ५९ वर्षीया विष्णुकुमारी तामाङ र २२ वर्षीया सरिता तामाङ रहेका छन् । उनीहरुलाई उपचारका लागि वडा नं ४ को स्वास्थ्य चौकी लगिएको प्रहरीले जनाएको छ ।