झापा, भदौ १ । इलाममा कुदिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ ।

आज साँझ ७.२२ बजे इलाम नगरपालिका ६ स्थित लोकसेवा कार्यालयको छेउमा सन्दकपुर ४ माबु बस्ने ३० वर्षीय अरुण लिम्बुले चलाउँदै कोठातर्फ जाने क्रममा मे५प१४५५ नं. को एनएस २०० सीसीको मोटरसाइकलमा आगलागी भएको हो । वाइरिङ सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



