झापा, भदौ ३ । झापाको गौरीगंजमा छिमेकीको चिर्पट प्रहारबाट एक युवक घाइते भएका छन् ।

आज दिउँसो २ बजे गौरीगंज गाउँपालिका ३ त्रिमुक्ति चोकमा कृपाल टोल बस्ने कृष्ण महतोका छोरा १६ वर्षीय किरण महतोले सोही ठाउँ बस्ने २० वर्षीय अमित ताजपुरियालाई दाउराको चिर्पटले टाउकोमा हानेका थिए ।

टाउको ,अनुहार र दाहिने खुट्टामा चोट लागेका ताजपुरियाको आरती मेडिकल गौरीगंजमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरी टोली खटिएर चिर्पट हान्ने महतोलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्