झापा, भदौ ३ । झापाको बुद्धशान्ति –४ बर्नेस्थित मेची राजमार्गमा स्कोरपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज दिउँसो अन्दाजी ३ः३० बजे बुद्धशान्ति –४ बर्नेस्थित मेची राजमार्गमा इलामबाट बुधबारेतर्फ आउँदै गरेको बीआर ५५८५०० न. को भारतीय स्कोरपियो र बिपरित दिशातर्फ जाँदै गरेको प्र.१–०१–०१६प.३६६१ न.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति –१ बस्ने ४६ वर्षीय ठाकुर अधिकारी गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ५;४० बजे उपचारको क्रममा मृत्यु भएको हो ।
स्कोरपियो, मोटरसाइकल र स्कोरपियो चालक रौतहट बृन्दावन नगरपालिका –२ बस्ने ३४ वर्षीय प्रमोद पटेललाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।



