झापा, भदौ ४ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यही भदौ १२ गते झापा आउने भएका छन् ।

बिर्तामोडमा हुने पार्टीको जिल्ला प्रतिनिधि परिषदको बैठक लगायतका कार्यक्रमका लागि ओली आउने भएका हुन् । हिजो बिर्तामोडमा भएको पार्टीको जिल्ला कमिटीको छैठौं पूर्ण बैठकले जिल्ला प्रतिनिधि परिषदको बैठकको तयारी र कार्ययोजना सम्बन्धी छलफल गरेको छ । भदौ १२ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली आउने र सोही दिन जिल्ला प्रतिनिधि परिषद बैठक समापन गरिने जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीले जानकारी दिए ।
छैठौ बैठकले भदौ २० देखि २२ गते ललितपुरको गोदावारीमा आयोजना हुने दोश्रो बिधान महाधिवेशनमा पेश गरिने बिधान संशोधन प्रस्तावसहित अन्य दस्तावेजमा सुझावसम्बन्धी छलफल भएको जनाइएको छ ।



