झापा, भदौ ४ । झापाको कमलमा करेन्ट लगाएर माछा मार्दा एक युवकको मृत्यु भएको छ ।

आज दिउँसो अन्दाजी २ बजे कमल गाउँपालिका –३ खानपानी टोल बस्ने २१ वर्षीय उज्वल राई सोही ठाउँमा रहेको ढ्याङ्ग्री खोलामा करेन्ट लगाई माछा मार्न गएका थिए । माछा मार्ने क्रममा राई आफैलाई करेन्ट लागेको थियो ।

घाइते भई उनी लडिरहेको अवस्थामा आफन्तले देखेर उपचारको लागि लाइफलाइन अस्पताल दमकमा पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतकको शव दमक अस्पताल दमकको शवगृहमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्