झापा, भदौ ४ । काम गर्न नगएको भन्दै दमकमा आमाले छोरामाथि रड प्रहार गरेकी छन् ।

आज दिउँसो ४.३० बजे दमक ७ सयपत्री टोल बस्ने ६५ वर्षीया रुपा तामाङ घिमिरेले आफ्नै छोरा १४ वर्षीय लोके घिमिरेलाई काम गर्न नगएको भन्दै फलामको रडले टाउकोमा हानी घाइते बनाएकी हुन् ।

घाइतेलाई स्थानीय आधारभूत स्वास्थ्य चौकी लगिएको छ । उनको अबस्था बोल्न सक्ने मध्यम रहेको छ । कुटपिट गर्ने रुपालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्