झापा, भदौ ५ । अँध्यारोमा प्रहरी चेकिङ नदेखेपछि ट्रकको पछाडि ठोक्किएर विराटनगरमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति ८.२० बजेतिर बिराटनगर –४ दुधफारमस्थित कोशी राजमार्गमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी सहायक निरीक्षक रमेश भट्टराईको कमाण्डमा खटिएको चेकिङ टोलीले ट्राफिकसहित संयुक्तरुपमा चेकजाँच गरिरहेको थियो । त्यसक्रममा बिराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१क ५१८९ नं. को मिनी ट्रकलाई रोकी चेकजाँच गरिरहेका बेला सोही दिशाबाट प्रदेश १–०२–००४६ प ६४०१ नं. को मोटरसाइकल तिव्र गतिमा आई उक्त मिनी ट्रकको पछाडी ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनसरी बर्जु गाउँपालिका –६ बस्ने २८ वर्षीय पुष्पकुमार चौधरी गंभीर घाइते भएका थिए । उनलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगरमा लगी डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

मिनी ट्रक, मिनी ट्रक चालक मोरङ बुढीगंगा –१ बस्ने ३१ वर्षीय सन्तोषकुमार आचार्य र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । अव्यवस्थित रुपमा चेकिङ गर्ने प्रहरीमाथि भने कुनै पनि कार्वाही गरिएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्