झापा,भदौ ५ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको छ।


बिहीबार सिंहदरबारमा बसेको बैठकले बहुमतका आधारमा उक्त विधेयकलाई पारित गरेको हो। बैठकमा माओवादी र रास्वपा सांसदहरूले विधेयकमाथि थप छलफलको आवश्यकता रहेको जनाएका थिए।
तर सत्तारुढ दलका सांसदहरूले विधेयकमाथि लामो समय छलफल भएकाले पारित नै गर्नुपर्ने धारणा राखेका थिए।

पारित भएपछि सत्तारुढ दलका सांसदहरूले विधेयकमा हस्ताक्षर गरेका छन् भने माओवादी र रास्वपा सांसदहरूले भने हस्ताक्षर नगरी बाहिरिएका थिए।

समिति सभापति कुशुमदेवी थापाले आफ्ना असहमतिका बुँदालाई समावेश गरेर विधेयकमा हस्ताक्षर गर्न आग्रह गरेकी थिइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्