झापा,भदौ ६ । चालु आर्थिक वर्ष ०८२-८३ को साउन महिनामा १० अर्ब ८० करोड ९५ लाख रुपैयाँको भटमास तेल बनाउने कच्चा पदार्थ आयात गरेर त्यति बराबरकै रकमको तयारी भटमास तेल निर्यात भएको छ ।


भन्सार विभागका अनुसार, चालु वर्षको साउनमा १० अर्ब ६९ करोड ५८ लाख रुपैयाँको तयारी भटमासको तेल भारत निर्यात भएको हो ।
अर्जेन्टिना, ब्राजिल र पाराग्वेबाट भटमासको तेल बनाउने कच्चा पदार्थ आयात भएको छ । अर्जेन्टिनाबाट आठ अर्ब ७९ करोड ३६ लाख रुपैयाँको पाँच करोड ८० लाख ७७ हजार ६२६ लिटर भटमासको तेल बनाउने कच्चा पदार्थ आयात भएको छ । त्यसैगरी ब्राजिलबाट एक अर्ब ४७ करोड ७९ लाख रुपैयाँको एक करोड २६ हजार ५५८ लिटर कच्चा पदार्थ आयात भएको छ ।
तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर भारतमा भटमासको तेल निर्यात हुने गरेको छ । भटमासको तेल बनाउन ल्याइएको कर्चा पदार्थबाट २५ करोड ३० लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्