झापा,भदौ ७ । हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीकी आमा र बहिनीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

उनीहरूले शनिबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । इजरायल पुगेर उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरी विपिनको रिहाइका लागि अपिल गरेका थिए । त्यसबारे उनीहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले पनि विपिनको रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् ।
‘विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो,’ ओलीले भनेका छन्, ‘विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्