झापा, भदौ ७ । झापाको मेचीनगरमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन् ।

आज राति ८ बजे मेचीनगर १० ताराबारीस्थित भित्री सडकखण्डमा कालिका सिमसारबाट धाइजन ढाटतर्फ आउँदै गरेको मे ३ प ८३२९ नं. को मोटरसाइकलले बिपरित दिशातर्फ जाँदै गरेको प्र.१–०१–००२ ह २१५९ न. को सिटी सफारीलाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर १० बस्ने २१ वर्षीय बिशाल राजवंशी ,सोही मोटरसाइकलमा पछाडि सवार वडा नं .११ बस्ने २४ वर्षीय बिकास तामाङ र वडा नं .१० बस्ने २१ वर्षीय बिश्वास तामाङ घाइते भएका छन् ।

त्यस्तै सिटीमा सवार यात्रु इलाम माईजोगमाई ५ बस्ने ४५ वर्षीया बेदकुमारी दंगाल र सोही ठाउँ बस्ने ४५ वर्षीय लोकनारायण दंगाल पनि घाइते भएका छन् । सबै जना घाइतेहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । सिटी, सिटी चालक मेचीनगर १० ताराबारी बस्ने ७२ वर्षीय खितिस राजवंशी र मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्