झापा, भदौ ८ । पूर्वराजा ज्ञानेन्द्र शाह भोलि झापा आउँदै छन् ।

दमक नगरपालिका –९ मा रहेको हिमालयन महालक्ष्मी टि इस्टेटस्थित मिनी दरवारमा पूर्वराजा ज्ञानेन्द्र शाह आउन लागेका हुन् । उनी त्यहाँ १० दिन बस्ने बताइएको छ । पूर्वराजा चढ्ने र सचिवालयका गरी जम्मा ८ वटा गाडीहरू शुक्रवार साँझ हिमालयन महालक्ष्मी टि इस्टेटको मिनी दरबारमा काठमाडौंबाट ल्याइएको छ ।
यसअघि राजावादीहरुको आन्दोलन चलिरहेका बेला उनी गत जेठको पहिलो साता झापा आएका थिए । त्यतिबेला उनी दमकमा १५ दिन बसेका थिए ।



