झापा, भदौ ८ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं– २ का वडाध्यक्ष एवं नेकपा एमालेका ताप्लेजुङ जिल्ला कमिटी सदस्य टेकेन्द्र सेन्दाङमाथि सांघातिक हमला भएको छ ।

हिजो साँझ ६ः३० बजे ताप्लेजुङ फुङलिङ नगरपालिका –४ तोक्मेडाँडामा सेन्दाङमाथि ४–५ जनाको संख्यामा आएका युवाहरुको समूहले एक्कासि कुटपिट गरेका हुन् । ती युवाहरुको परिचय खुलेको छैन ।

घाँटीलगायत शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका वडाध्यक्ष सेन्दाङलाई जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । कुटपिट संलग्न ब्यक्तिहरु तत्काल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्