झापा, भदौ ८ । घरका सबै सदस्यहरु तीज मनाउन बाहिर गएका बेला झापा गाउँपालिकाको एक घरबाट लाखौंको चोरी भएको छ ।

हिजो दिउँसो ४ः३० बजे झापा गाउँपालिका ३ कामाटोली बस्ने डिल्लीराज उप्रेतीको घरका सदस्यहरु तीज मनाउन गएको अवस्थामा लाखौंको चोरी भएको हो । घरको बरण्डाको मुल गेटको ताल्चा फोरी दराजभित्र राखेको सुनको सिक्री २ तोला, सुनको ब्रास्लेट ३ तोला, सुनको मंगलसुत्र १ तोला १० आनी, चाँदीको कमर रिङ १० तोला र नगद रु.५० हजार गरी जम्मा १२ लाख ७० हजार बराबरको चोरी भएको पीडित परिवारले जनाएका छन् ।
घटनामा संलग्न भएको आशंकामा सोही ठाउँ बस्ने ३० वर्षीय सुफल हेमरम, २८ वर्षीय दुर्गा सोरेन र १८ वर्षीय जीवन श्रेष्ठलाई आवश्यक सोधपुछ र अनुसन्धानको लागि नियन्त्रणमा लिई प्रहरी चौकी टाघनडुब्बामा राखिएको छ ।



